२०८१ कार्तिक ६, १६:१५

नेपाल यातायात मजदुर संघ मेचीनगरद्वारा नवनिर्वाचित तामाङलाई सम्मान

मेचीनगर। नेपाल यातायात मजदुर संघ मेचीनगरले काँकरभिट्टा खानेपानी संस्थामा निर्वाचित भएका सचिव पदका उम्मेदवार विशाल तामाङलाई बधाई तथा शुभकामना दिएकाे छ । आज काँकरभिट्टा एक कार्यक्रम आयाेजना गरि खानेपानी संस्थाका सचिव पदमा निर्वाचित तामाङलाई मजदुर संघले बधाई तथा शुभकामना दिएकाे हाे ।

शुभकामना कार्यक्रममा बाेल्दै मेचीनगर-६ का वडा अध्यक्ष ललित तामाङले मजदुरहरुकाे नेतृत्व गरेकाे नेता, अब खानेपानीमा रहेर उपभोक्ताहरुकाे हितमा काम गर्नमा लागि शुभकामना दिएका थिए । कार्यक्रममा निर्वाचित तामाङले म मजदुर भएकाे हुनाले खानेपानीमा आगामी दिनमा मजदुरहरुका पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल यातायात मजदुर संघका सल्लाहकार दुर्गा सापकाेटा र नेपाल स्वतन्त्र यातायात मजदुर संघ मेचीनगरका अध्यक्ष राजकुमार सुबेदीले शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य प्रकाश कन्दङवाकाे समेतकाे आतिथ्यता रहेकाे थियाे ।

गत जेठ २६ गते भएकाे काँकरभिट्टा खानेपानी संस्थाकाे निर्वाचनबाट तामाङ अत्याधिक मतका साथ खानेपानी संस्थाकाे सचिव पदमा निर्वाचित भएका थिए । सचिव पदमा निर्वाचित तामाङ नेपाल यातायात मजदुर संघ मेचीनगरका अध्यक्ष समेत रहेका छन् ।

नेपाल यातायात मजदुर संघका कार्यवाहक अध्यक्ष गाैतम मजम्दार ( बिक्की) काे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत नेपाल यातायात मजदुर संघका केन्द्रीय सल्लाहकार प्रलाद श्रेष्ठले गरेका थिए भने सञ्चालन कुलदिप राईले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *