२०८१ कार्तिक ६, १४:२४

मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरमा एकको मृत्यु, दुई गम्भीर घाइते

मेचीनगर-झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवारको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीका प्रहरी प्रवक्ता कृष्णप्रसाद चन्दले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरमा एकको मृत्यु, दुई गम्भीर घाइते

भन्सार छली ल्याइएका ३ लाख बढीको कपडा

Leave a comment

Your email address will not be published. Required fields are marked *