२०८१ कार्तिक ६, १८:१५

मेचीपुलबाट खैरो हेरोइनसहित एकजना पक्राउ

काँकरभिट्टा- झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल आउँदै गरेका दमक ४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तलासी लिएको थियो ।

सुनुवारको शरीर तलासी लिँदा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लागुऔषध खैरो हेरोइन लिसाइलो पदार्थ भेटिएको थियो ।

उनको साथबाट २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले बताएको छ ।

मेचीपुलबाट खैरो हेरोइनसहित एकजना पक्राउ

भन्सार छली ल्याइएका ३ लाख बढीको कपडा

Leave a comment

Your email address will not be published. Required fields are marked *