२०८१ कार्तिक ६, १६:२७
#ब्रेकिङ न्युज

झापामा लागुऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ

झापा, ७ असार । झापामा लागुऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानमा जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार साइकलयात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र पछाडि बसेका सोही ठाउँका २० वर्षीय तोसिफ आमललाई जाँच गर्ने क्रममा प्लाष्टिकसहित २० ग्राम ५५० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।

दुई जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

झापामा लागुऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ

झापामा ट्राफिक सप्ताह प्रारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *