२०८१ कार्तिक ६, १४:१२
#ब्रेकिङ न्युज #समाज

घोडाजिनमा पापड तथा भुजिया बनाउने तालिम उद्घाटन

मेचीनगर । एकरुपता महिला समूहको आयोजनामा पापड तथा भुजिया बनाउने तालिम बिहीबारदेखि शुरु भएको छ ।  मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा सञ्चालन भएको तालिममा मेचीनगर ५ का ३० जना महिलाको सहभागिता रहेको थियो ।

समूहकी अध्यक्ष तेजीमाया राउतको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य माया प्याकुरेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि प्याकुरेलले महिला समूहलाई उद्योग सञ्चालनका लागि मेसिन खरिदका लागि आगामी बर्ष बजेट छुट्याइदिने प्रतिवद्धता व्यक्त गरिन् । उनले तालिम पश्चातको सीपलाई सधैँ प्रयोगमा ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा मेचीनगर-५ का वडा सदस्य देवीमाया विश्वकर्मा, पुष्पकुमार गेलाल, मनकुमार लिम्बू, घैलाडुब्बा शिवालय मन्दिरका पूर्व अध्यक्ष चन्द्र कोइराला, कार्यसमिति सदस्य सूर्यमान मगरलगायतको आतिथ्यता रहेको थियो । तालिमको आर्थिक सहयोग मेचीनगर नगरपालिकाको रहेको थियो ।

घोडाजिनमा पापड तथा भुजिया बनाउने तालिम उद्घाटन

झापामा ट्राफिक सप्ताह प्रारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *