२०८१ कार्तिक ६, १४:१०
#कोशी #ब्रेकिङ न्युज

एकरुपता महिला समूहको उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिम सम्पन्न

मेचीनगर । महिलाहरुमा रहेको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले एकरुपता महिला समूहले उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न गरेको छ । मेचीनगर-५ स्थित नकलबन्दा समाज विकास समितिको सभाहलमा सञ्चालन भएको तालिममा मेचीनगर ५ का ६५ जनाको सहभागिता रहेको थियो ।
समूहकी अध्यक्ष तेजीमाया राउतको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर-५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि वडा अध्यक्ष कार्कीले तालिम सुरुवात मात्र भएको र आगामी दिनमा यस क्षेत्रका महिलाका लागि अझ आयमुलक तालिमको व्यवस्था गर्ने बताए । उनले तालिम पश्चातको सीपलाई सम्भव भएसम्म जीवनको हरेक क्षणमा प्रयोगमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य माया प्याकुरेल, मेचीनगर-५ का वडा सदस्य देवीमाया विश्वकर्मा, मेचीनगर ५ का निवर्तमान वडा सदस्य मेघराज गेलाल, प्रशिक्षक लिला अनमोल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका सहव्यवस्थापक सुरज तामाङ, भावना अधिकारी, पत्रकार किशोर उपरकोटीलगायतको आतिथ्यता रहेको थियो । तालिमको आर्थिक सहयोग मेचीनगर नगरपालिका वडा नम्बर ५ को रहेको थियो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम उपलब्धिमुलक भएको बताए । उनीहरुले यो तालिम स्टेजमा बोल्न नसक्नेका लागि प्रभावकारी भएको बताए । प्रशिक्षकले महिलाले तालिमबाट आफुहरुमा भएको क्षमता पहिचान गर्न सकेको बताए ।
समूहकी सहसचिव अनुपा अधिकारीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तब्य शान्ति चौधरीले राखेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *