२०८१ कार्तिक ६, १४:३५
#ब्रेकिङ न्युज #समाज

विश्व रक्तदाता दिवसको अवसरमा बाहुनडाँगीमा रक्तदान कार्यक्रम, ६१ जनाले गरे रक्तदान

बाहुनडाँगी । विश्व रक्तदाता दिवसको अवसरमा बाहुनडाँगीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बाहुनडाँगी जेसीज, नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखा, बाहुनडाँगी युवा क्लव र १०१ युवा समूह मेचीनगर २ को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाको रहेको थियो भने सहजिकरण प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरी बल बाहुनडाँगीको रहेको थियो ।
बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौलाले रगत दिएर उद्घाटन गरेको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष सागर कार्की, कन्चन उप्रेती, अध्यक्ष देबु बानिया, बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवन मोते, रेडक्रस उपशाखा बाहुनडाँगीका अध्यक्ष घनश्याम दाहाल, कोषाध्यक्ष कमल गोले, मेचीनगर २ का वडा अध्यक्ष तथा बाहुनडाँगी जेसीजका पुर्व अध्यक्ष दिपक बराल, पूर्व अध्यक्ष सन्तोस सुवेदी, समाजसेबी डम्बर रन्जितकार, रेडक्रस उपशाखा बाहुनडाँगीका सचिव तथा बाहुनडाँगी जेसीजका सदस्य रोषन गिरीलगायतले सहभागिता जनाएका थिए ।

विश्व रक्तदाता दिवसको अवसरमा बाहुनडाँगीमा रक्तदान कार्यक्रम, ६१ जनाले गरे रक्तदान

शिवसताक्षीमा आमा र दुई छोरा घरभित्रै मृत

Leave a comment

Your email address will not be published. Required fields are marked *