२०८१ कार्तिक ६, १४:२९
#ब्रेकिङ न्युज #समाज

एकरुपता महिला समूहको आयोजनामा उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिम

मेचीनगर । एकरुपता महिला समूह मेचीनगर-५ को आयोजनामा ४ दिने उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिम बिहीबार शुरु भएको छ । मेचीनगर-५ स्थित नकलबन्दा समाज विकास समितिको सभाहलमा शुरु भएको तालिमको सहजीकरण पत्रकार लिला अनमोलले गर्देछिन् ।
समूहकी अध्यक्ष तेजीमाया राउतको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर-५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य माया प्याकुरेल, मेचीनगर-५ का वडा सदस्य देवीमाया विश्वकर्मा, मनकुमार लिम्बू, पुष्पकुमार गेलाल, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, गुराँस महिला समूहको संस्थापक अध्यक्ष सीता गिरी, श्री हरि सत्संग संस्थापक कोषाध्यक्ष शान्ति चौधरीलगायतको आतिथ्यता रहेको थियो । ६५ जना सहभागी रहेको तालिमको समापन असार २ गते हुनेछ । तालिमको आर्थिक सहयोग मेचीनगर नगरपालिका वडा नम्बर ५ को रहेको थियो ।
समूहकी सदस्य विन्जु सुब्बाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तब्य लिला विश्वकर्माले राखेकी थिइन् ।

एकरुपता महिला समूहको आयोजनामा उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिम

शिवसताक्षीमा आमा र दुई छोरा घरभित्रै मृत

Leave a comment

Your email address will not be published. Required fields are marked *