२०८१ कार्तिक ६, १४:०३
#कोशी #ब्रेकिङ न्युज #समाज

रिटर्नी स्वरोजगार केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम हुने

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले जेठ ३२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवसको अवसर पारेर काँकरभिट्टामा रक्तदान कार्यक्रम गर्न लागिएको बुधबार प्रेस क्लब मेचीनगरमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरुले झापा जिल्लामा रहेर रिटर्नी स्वरोजगार केन्द्रको स्थापना गरे पश्चात संस्थाको यो पहिलो कार्यक्रम गर्न लागिएको अध्यक्ष दिनेश कार्कीले बताए । बैदेशिक रोजगारबाट फर्किएकालाई संस्थागत गरी सामुहिक रुपमा विभिन्न तालिम र तालिम पश्चात रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य लिएको यो संस्था झापा जिल्ला प्रशासनमा दर्ता भई कोशी प्रदेशमा सूचिकृत भएको जनाइएको छ ।
संस्थाले २०८१ साल भित्र कोशी प्रदेशका १३७ वटै पालिकामा आफ्ना कार्यक्रहरु गर्ने लक्ष्य लिएको संस्थाको अध्यक्ष कार्कीले बताए । पत्रकार सम्मेलनमा उपाध्यक्ष शेखरकाजी थापा, सचिब प्रबिण बानियाँ, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रको कोषाध्यक्ष सरस्वती चम्लागाईँले गरेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *