२०८१ कार्तिक ६, २०:४९

काँकरभिट्टा खानेपानीको निर्वाचन सम्पन्न, मतगणना भोलि हुने

मेचीनगर। काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न भएको छ । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सम्पन्न भएको हो ।

निर्वाचनमा ५ हजार २० मत खसेको छ । निर्वाचनमा ७४ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए ।कूल ६ हजार ७७४ मतदाता रहेको खानेपानी संस्थामा ५ हजार २० जनाले मतदान गरेको उनले बताए । मतगणना भोलि विहान ८ वजेदेखि खानेपानी कार्यालयको सभाहलमा हुने निर्वाचन समिति संयोजक राजु कार्कीले बताए ।

निर्वाचनमा नेपाली कांग्रेस लगायत पाँचदलको लोकतान्त्रिक प्रगतिशील साझा प्यानल, नेकपा एमाले र जसपा सहितको समाजवादी प्यानल र स्वतन्त्र खानेपानी उपभोक्ता समूहको साझा प्यानलबीच प्रतिष्पर्धा भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *