२०८१ कार्तिक ६, २२:०९
#ब्रेकिङ न्युज

पशुपति बोर्डिङले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले ३ दिन ‘समर क्याम्प’आयोजना गर्ने

काँकरभिट्टा। मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी २३ गते देखि तीन दिन सम्म ‘समर क्याम्प’ आयोजना गर्ने भएको छ ।

अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले आगामी बुधबारदेखि शुक्रबारसम्म तीन दिन ‘समर क्याम्प’ आयोजना गर्न लागेको विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने छ,’ उनले भनिन्,‘हामी विद्यार्थीहरुलाई विभिन्न विद्यामा प्रोत्साहित गरिरहेका छौं ।

पढाइ लेखाइ सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी अब्बल छन् । हरेक प्रतिभाहरुमा विद्यार्थी अब्बल सावित भएका छन् । विद्यालयले विद्यार्थीका साथै अभिभावको विश्वास जितेको छ । विद्यालयले यस अघि दुई पटक समर क्याम्प आयोजना गरिसकेको उनको भनाइ छ ।

समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका शिक्षक याम निरौलाले बताए ।

मेचीनगरमा यस विद्यालयले विगत तीन  वर्षदेखि फरक शैलीमा समर क्याम्प गर्दै आएको उनको भनाइ छ ।

पशुपति बोर्डिङले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले ३ दिन ‘समर क्याम्प’आयोजना गर्ने

रतुवा खोलाले बोलेरो बगाउँदा २ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *