२०८१ कार्तिक ६, २०:३७
#ब्रेकिङ न्युज

रतुवा खोलाले बोलेरो बगाउँदा २ जनाको मृत्यु

विराटनगर । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे । । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

जिपलाई चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने मृतकको परिचय खुल्न सकेको छैन।

Leave a comment

Your email address will not be published. Required fields are marked *