२०८१ मंसिर १३, १४:३८

राजश्व छलेको आशंकामा काँकरभिट्टाबाट ५३ बोरा सुपारी नियन्त्रणमा

मेचीनगर -इलाका प्रहरी कार्यालय काँकरभिट्टाले राजश्व छलेको आशंकामा ५३ बोरा सुपारीसहित एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ ।

नेपालमा उत्पादित उसिनेको २ हजार ३७८ किलो सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप गाडी नियन्त्रणामा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले पिकअपका चालक बुद्धशान्ति ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई पनि नियन्त्रणमा लिएको छ ।

हिजाे  दिउँसो १ः४० बजेको समयमा मेचीनगर-६ भट्टराईचोकमा राजश्व छली नेपालमा उत्पादित सुपारी ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सुपारी नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले इटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको पिकअप गाडीलाई शंका लागेर जाँच गरेको थियो ।त्यसक्रममा उक्त गाडीमा भिसिटिएस पानबिलमा १२ लाख २५ हजार रुपैयाँबराबरको बिल भए पनि आधिकारिक भिसिटिएस अनलाइन बिल थिएन ।

नियन्त्रणमा लिइएको सुपारीसहित गाडी र गाडी चालकलाई कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ । Source: Jhapa Today 

राजश्व छलेको आशंकामा काँकरभिट्टाबाट ५३ बोरा सुपारी नियन्त्रणमा

नकलबन्दा साकोस र रोटरी क्लब अफ काँकरभिट्टाको

Leave a comment

Your email address will not be published. Required fields are marked *