२०८१ कार्तिक ६, १४:२२
#ब्रेकिङ न्युज #सहकारी

नकलबन्दा साकोस र रोटरी क्लब अफ काँकरभिट्टाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने

नकलबन्दा । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था र रोटरी क्लब अफ काँकरभिट्टाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

गंगा मेमोरियल अंग्रेजी विद्यालय मेचीनगर-६ मा जेठ १९ गते शनिबार हुने शिविरमा पूर्वाञ्चल क्यान्सर हस्पिटल र बिएण्डसी मेडिकल कलेजको प्राविधिक सहयोग रहनेछ । शिविरबाट सहकारी संस्थाका शेयर सदस्य तथा स्थानीयहरुले स्वास्थ्य जाँचको फाइदा लिने आयोजकले जनाएको छ ।

शिविरमा फिजिसियन सेवा, स्त्री रोग विशेषज्ञ सेवा, पाठेघर क्यान्सर सम्बन्धी भिआईए परीक्षण सेवा, क्यान्सर सम्बन्धी सचेतना सेवा प्रदान गरिने नकलबन्दा साकोसका अध्यक्ष केशरप्रसाद तिम्सिनाले जानकारी दिए । सहकारीको सात सिद्धान्तमध्ये समुदायप्रति सहकारी संस्थाको चासो अन्तर्गत संस्थाका सदस्य तथा गैह्रसदस्यहरुले स्वास्थ्य जाँच गरी शिविरबाट फाइदा लिन हुन संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले अनुरोध गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *