२०८१ कार्तिक ६, १६:१४
#ब्रेकिङ न्युज

प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु घरदैलोमा व्यस्त

मेचीनगर । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि शुभकामना दिँदै मतदान गर्ने बताए ।

बिहिबार मेचीनगर- ७ स्थित प्यारीभिट्टा बसपार्क क्षेत्रमा घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार सन्ताेष आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ, सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निराैला, डिल्लीकुमार काफ्ले, लेखा समितिका संयोजक साेमराज ढकाल, सदस्यमा जस्ना राजबंशी र बालकुमार भुजेलसहित समाजवादी प्यानलका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

अध्यक्षका पदका उम्मेदवार आचार्य सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेको अनुभव रहेकाे छ ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबका पूर्व महासचिव, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी उनले पूरा गरिसकेका छन् । उनले काँकरभिट्टा खानेपानी कर्मचारी भएर लामाे समयसम्म काम गरेकाे अनुभव रहेकाे छ ।

प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु घरदैलोमा व्यस्त

नकलबन्दा साकोस र रोटरी क्लब अफ काँकरभिट्टाको

Leave a comment

Your email address will not be published. Required fields are marked *