२०८१ कार्तिक ६, १८:०९

थिंकर्स क्लब मेचीनगरको दोस्रो साधारणसभा धुलाबारीमा  सम्पन्न 

मेचीनगर। थिंकर्स क्लब मेचीनगरको दोस्रो साधारणसभा एक वृहत् कार्यक्रम विच  मंगलबार धुलाबारीमा  सम्पन्न  भएको छ।

मेचीनगरका निवर्तमान अध्यक्ष श्री श्याम  शिवाकोटीज्यूको अध्यक्षता तथा नगर युवा परिषद, मेचीनगर नगरपालिकाका अध्यक्ष श्री कृष्ण काफ्लेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आगामी कार्यकालको निम्ति निम्न वमोजिमको नयाँ कार्यसमितिको चयन भएको  हाे।

अध्यक्षमा श्री आयुष्मान निरौला,उपाध्यक्षमा श्री अनुप घिमिरे,सचिवमा श्री अमृत चौलागाईं,सह-सचिवमा श्री योगेश राजवंशी र कोषाध्यक्षमा श्री प्रवेश दुलालसर्वसम्मत रुपमा चयन भएका छन्।

कार्यक्रममा चयन भएका सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई बधाई र सफलताको शुभकामना व्यक्त गर्दै  निवर्तमान अध्यक्ष श्याम शिवाकोटीले थिंकर्स क्लबले अझै आलोचनात्मक र रचनात्मक  काम गर्दै अगाडि बढोस् भन्ने  विचार व्यक्त गरे।

“सबै किसिमका बिचार अभिव्यक्तिहरूको खुलेर बहस गर्न र सत्य–तथ्य अगाडि ल्याउन मद्दत पुर्याउँ” भन्ने  उदेश्य लिएर आज भन्दा  दुई बर्ष अगाडि थिंकर्स क्लब स्थापना गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य क्लबको पुर्व उपाध्यक्ष अनुज दाहालले गरेको थिए  भने सन्चालन क्लबका  सचिव शिशिर रिजालले गरेका थिए।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *