२०८१ कार्तिक ६, १६:१५
#ब्रेकिङ न्युज

निन्दा खोलामा डुवेको छोरा बचाउने क्रममा शिक्षक भण्डारीको मृत्यु

मेचीनगर-झापाको मेचीनगरमा रहेको नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ ।

मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय भण्डारी आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोश भएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना कसरी घट्यो त? यो पनि पढ्नुहोस

मेचीनगर–३ स्थित बडाखाल निवासी ४० वर्षीय शिक्षक धनराज भण्डारीले १२ वर्ष र ८ वर्षका २ जना छोराहरुलाई लिएर दोकानडाडा चोक पश्चिम निन्दा खोलामा दिउँसो पौडी खेल्न गएका थिए ।

स्थानीयका अनुसार पौडी खेल्ने क्रममा कान्छो छोरा ८ वर्षका पौडी खेलेर छेउमा बसिरहेका थिए । जेठो छोरा पौडी खेल्ने क्रममा अलिक गहिरो भएको पानीमा पुगेपछि पौडी खेल्न समस्या भयो ।

नजिकै रहेका उनका बुबा भण्डारीले छोरालाई समस्या परेको देखेपछि उनी छोरालाई बचाउँन खोलामा हमफाले । छोरालाई कसो कसो गरेर किनारमा धकेलेर पठाए । तर, आफु चाहिँ गहिरो भएको पानीमा पौडी खेल्न नसकेर डुवे ।

बुबा डुवेर पौडी खेल्न नसकेपछि बेहोस भएका थिए । छोराहरुले स्थानीयलाई हारगुहार गरे । त्यतिखेर करिव १ वजेको थियो ।

तत्काल स्थानीयहरु आएर भण्डारीलाई उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । भण्डारीलाई साढे २ वजे अस्पतालले मृत घोषणा गरेको थियो ।

 

निन्दा खोलामा डुवेको छोरा बचाउने क्रममा शिक्षक भण्डारीको मृत्यु

काँकरभिट्टा एफटीसीले गर्‍यो यू १३ मा छनौट

निन्दा खोलामा डुवेको छोरा बचाउने क्रममा शिक्षक भण्डारीको मृत्यु

उपचारमा आर्थिक सहयोग गरिदिन सञ्जयको अपिल

Leave a comment

Your email address will not be published. Required fields are marked *