२०८१ कार्तिक ६, १७:१०

प्रेस चौतारीद्वारा झापा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी

झापा-प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ। सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टि जनाउँदै चौतारीले तालाबन्दी गरेको हो।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो । सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्य भएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताए ।

चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकै कारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता छानी छानी खोस्ने नियतले सार्वजनिक गरिएकोले घोर आपत्ति रहेको उल्लेख गरिएको छ ।

शुद्धीकरणमा समान विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा त्यसलाई पनि नजरअन्दाज गरी मापदण्डको आधारभूत मान्यता समेत उल्लंघन हुने गरी सार्वजनिक भएको नामावली अविलम्ब सच्याउन चौतारीले माग गरेको छ । प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ संगठनलाई सार्वजनिक रुपमा अपिलसमेत गरेको छ ।

प्रेस चौतारीद्वारा झापा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी

काँकरभिट्टा एफटीसीले गर्‍यो यू १३ मा छनौट

Leave a comment

Your email address will not be published. Required fields are marked *