२०८१ कार्तिक ६, १८:०८
#ब्रेकिङ न्युज

मेचीनगर नगरपालिकाभित्रै कुटिए मुर्तिकार कुबेर देवान

मेचीनगर, १३ जेठ । गाउँको सिंहदरबारका रुपमा स्थापित स्थानीय तहको हाताभित्र नै एक श्रमिकमाथि कुटपिट भएको घट्ना सार्वजनिक भएको छ । शुक्रबार झापाको मेचीनगर नगरपालिका परिसरभित्र मुर्ति बनाउने मुर्तिकार कुबेर देवान आफ्नो पारिश्रामिक लिन आउँदा उनीमाथि कुटपिट भएको घट्ना सार्वजनिक भएको हो ।

मुर्तिकार देवानका अनुसार मेचीनगर नगरपालिका वडा न-४ मा हात्तीको मुर्ति (हात्तीको टाउको जहाँबाट पानी बग्छ) बनाएबापत उनले मेचीनगर नगरपालिकासँग पारिश्रामिक (तीन लाख २७ हजार) पाउन थियो ।

करिब ६ महिनादेखि उनले उक्त पारिश्रामिक पाउनका लागि ताकेता गरिरहेका पनि थिए । तर, विविध कागजात नमिलेको भन्दै उनलाई फर्काउने गरिएको थियो । जसका कारण उनले पारिश्रामिक पाउन सकिरहेका थिएनन् । शुक्रबार पनि सोहि पारिश्रामिक लिन भन्दै उनी मेचीनगर नगरपालिका परिसर आइपुगे । उर्लाबारीमा मुर्ति पसल गर्ने उनी पटक पटक यसअघि पनि पारिश्रामिक पाउने आशाका साथ मेचीनगर आइसकेका थिए । सोहि उपक्रम शुक्रबार पनि दोहोरिएको थियो ।

पिडितका अनुसार पारिश्रामिक लिन नगरपालिका आइपुगेका उनी शुरुमा वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीको कार्यकक्षमा पुगे । त्यहाँ उनको कुरा सुनुवाइ भएन । बरु, ‘तपाँईको निवेदन नै आएको छैन भन्ने जवाफ आयो’, पिडित देवानले भने । अधिकृत वस्तीको कार्यकक्षमा यस्तो जवाफ पाएर फर्किएका उनी अन्योलमा परे । ‘त्यहाँबाट (वस्तीको कार्यकक्षबाट) निकाल्दा नै मलाई लछारपछार गर्दै निकालियो’, उनी भन्छन् ।

लामो समयसम्म पारिश्रामिक पाउनका लागि एकोहोरो धाइरहेका पिडित देवान निवेदन नै नपरेको जवाफ पाएपछि आक्रोशित हुनु, आफ्नो आवाज सुनुवाइ हुने आशाका साथ नगरप्रमुखको कार्यकक्षमा पुग्नु, नगरप्रमुखको कार्यकक्षमा यसरी आक्रोशित तवरबाट प्रस्तुत भएपछि नगरप्रहरीले उनलाई बाहिर निकाल्नु स्वभाविक नै रहेको हामीले घट्नाबारे बुझ्ने क्रममा धेरै जानकारहरुले बताए । तर, घट्ना अब कुटपिटमा परिणत हुन्छ । उनीमाथि अन्धाधुन्धा मुक्का प्रहार हुन थाल्छ । उनी आफ्नो बचाउमा उत्रनुपर्ने अवस्था सृजना हुन्छ ।

मुर्तिकार देवान अहिले विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचाररत छन् । उनी न्यायिक लडाँइ लड्ने तयारीमा पनि छन् । उनको प्रश्न छ, ‘मैले अस्पताल नै भर्ना हुने गरीको कुटाइ खाने त्यस्तो के गल्ती गरेको थिएँ र ?

आम सर्वसाधारण जस्तै म पनि आफ्नो काम गरेको पारिश्रामिक लिन नगरपालिका पुगेको हुँ ? यत्रो समय झुलाएर अन्तिममा तपाँईको निवेदन नै परेको छैन भन्दा को आक्रोशित हुँदैन ? सरकार हो विभिन्न प्रकारका नागरिक आउँछन् आक्रोशितलाई संयम बनाउने हो । कुटपिट गर्ने हो र ? सरकारको परिसर मै सर्वसाधारण सुरक्षित छैनन् भने कहाँ सुरक्षित हुने ?’

 

Leave a comment

Your email address will not be published. Required fields are marked *