२०८१ कार्तिक ६, १६:२८
#ब्रेकिङ न्युज

लोकतान्त्रिक प्रगतिशील उम्मेदवारहरुकाे घरदैलो अभियान सुरु: काँकरभिट्टा खानेपानी

मेचीनगर। काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् ।

लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदातासँग भोट माग्न घरदैलोमा पुगेका हुन् ।

मेचीनगर- ७ वडामा रहेकाे जाेरसिमल, जनजागरण टाेल ईच्छाटाेल, सिर्जनाटाेलमा शनिवार घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार रोहित बुढाथोकी, उपाध्यक्ष पदका उम्मेदवार राजु दाहाल, सचिब पदका उम्मेदवार विशाल तामाङ, कोषाध्यक्ष पदका उम्मेदवार बिमला देवकोटा, लेखा समिति संयोजक पदका उम्मेदवार किशोर भण्डारी र लेखा पदका उम्मेदवार बिकास राउतसहित साझा प्यानलका उम्मेदवारहरुले मतदातालाई भोट दिन आग्रह गरेका छन्।

खानेपानीको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते शनिबार निर्वाचन हुँदैछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *