२०८१ कार्तिक ६, १८:२७

बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना नियन्त्रणमा,अनुसन्धान हुदै

बिर्तामोड –झापाको बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ बरामद गरेको जनाएको छ ।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *