२०८१ कार्तिक ६, १८:११
#ब्रेकिङ न्युज

धुलाबारी बजारदेखि थोप्लेविरानसम्म र बर्मेली टोलदेखि बाहुण्डाँगीसम्म कालोपत्रे बाटाे बन्ने

 मेचीनगर- मेचीनगर नगरपालिकाले  दुईवटा सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

नगरले सहिद विरेन मार्ग (धुलाबारी बजारसिरानदेखि थोप्लेविरानसम्म ) र सहिद विश्वनाथ मार्ग (काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुण्डाँगीसम्म) ड्रेन, सडकबत्ती, ग्रीनरी, महिलामैत्री, अपाङ्गमैत्री र पैदलमार्ग सहितको सुबिधासम्पन्न कालोपत्रे गर्ने भएको हो ।

विश्व बैंकको लगानीमा बन्ने आयोजनाको आज नगरपालिकाले दुईवटा निर्माण कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ । निर्माण कम्पनीले सहिद विरेन र विश्वनाथ मार्ग आगामी २०२५ जुलाई १५ तारिखसम्ममा सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सहिद विरेन मार्ग एनएनटी डेभ्लोपर पटना भारतले २७ करोड २१ लाखमा ठेक्का पारेको हो । यसअन्तर्गत धुलाबारी बजारसिरान हुँदै थोप्लेविरानसम्म ५.४७० किलोमिटर कालोपत्रे हुनेछ ।

त्यस्तै,सहिद विश्वनाथ मार्ग कन्काई इन्टरनेशनल विल्डर्स कन्काई झापाले ३० करोड ८७ लाखको लागतमा ठेक्का पारेको छ । यसले काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुण्डाँगीसम्मको ८.३८० किलोमिटर सडक समेटिने छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *