२०८१ कार्तिक ६, १८:१८

तेलपानी सामुदायिक वनकाे बार्षिक साधारण सभा सम्पन्न,दर्जन भन्दा बढी सम्मानित

मेचीनगर।तेलपानी सामुदायिक वन उपभोक्ता समितिले आफ्नाो बार्षिक साधारणसभा हिजो सम्पन्न गरेको छ।

तेलपानी सामुदायिक बनको आफ्नै कार्यलयमा सम्पन्न भएको साधारण सभामा  २५ जना महिला र ६० जना पुरुष हरुलाई अभिनन्दन तथा सम्मान गरिएको थियो। मेचिनगर ३ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिमा सामुदायिक वन जिल्ला महासघ झापाका अध्यक्ष बेदप्रकाश भन्डारी र अतिथिहरु मा राजेन्द्र थापा लगायत पुर्ब अध्यक्षहरु पनि रहनु भएको थियो।

कार्यक्रममा लेखा समिति संयोजक पुष्प गुरागाईले  लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको भने अध्यक्ष पर्शुराम पोखरेलले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

साधारणसभामा उपभोक्ता चन्द्रकला न्यौपानेले “यो बन समिति भनेको विशुद्ध सामाजिक सस्था हो। अहिले यस वनमा भईरहेकाे  राजनितिक चलखेल र गतिविधिहरु  तुरुन्त  बन्द गराउनु पर्छ । यसले कसैलाई पनि फाईदा पुग्दैन  र आम उपभोक्ताहरुको आवश्यकतालाई  ध्यान दिन अनुरोध गर्नु भयो ।यस्तै अर्को उपभोक्ता लेख माया दर्नाल र तेज कुमारी ढुङ्गानाले पनि राजनीतिक असमझदारीका कारण वन क्षेत्र आसपासका  स्थानियवासीहरुले  लाभ उठाउन नसकेकोमा  दुख व्यक्त गर्नुभयो।

सचिब रमिला राईले सञ्चालन गरेको कार्यक्रममा पारस निरौलाले स्वागत मन्तब्य राख्नु भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *