२०८१ कार्तिक ६, १६:२६
#ब्रेकिङ न्युज #समाज

प्रगतिशील-समाजवादी प्यानल घोषणा, अध्यक्षमा सन्तोष आचार्यको उम्मेद्वारी रहने

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि नेकपा एमालेका सन्तोष आचार्यको नेतृत्वमा प्रगतिशील-समाजवादी प्यानल शुक्रबार घोषणा गरिएको छ ।
पूर्व मेची बस व्यवसायी संघको सभाहलमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट आचार्यलाई अध्यक्षमा संयुक्त उम्मेद्वार घोषणा गरिएको हो । घोषणा कार्यक्रममा अध्यक्षका उम्मेद्वार सन्तोष आचार्यले उपभोक्ताको आवश्यकता बुझेर काम गर्ने बताए । उनले विचारलाई व्यवहारमा र कुरालाई काममा बदल्न आफ्नो उम्मेद्वारी रहेको बताए ।
प्रगतिशील-समाजवादी प्यानलको तर्फबाट उपाध्यक्षमा एमालेका गोविन्द गिरी र सचिवमा जनता समाजवादी पार्टीबाट दिलीपजंग सुब्बाले उम्मेद्वारी घोषणा गरेका हुन् ।
कोषाध्यक्षमा नेकपा एमालेकै बिमला तामाङको उम्मेद्वारी घोषणा भएको छ । त्यसैगरी इकाइगत सदस्य २, ३ र ४ बाट तीर्थ नेपाल, ५ र ८ बाट पर्शुराम निरौला र ६ र ७ बाट डिल्लीकुमार काफ्ले उम्मेद्वार रहेका छन् ।
खुल्ला महिला सदस्यतर्फ मीरा कार्की र इन्दिरा बुढाथोकी कार्कीले उम्मेद्वारी घोषणा गरिएको छ । त्यस्तै लेखा समिति संयोजकमा विकेन्द्र धिमाल, सदस्यहरुमा जश्ना राजवंशी र बालकुमार भुजेल रहेका छन् ।
घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रवीन कोइराला, मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाईं, जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, खानेपानी वर्तमान अध्यक्ष राजकुमार पराजुली, अध्यक्षका उम्मेद्वार आचार्यलगायतले बोलेका थिए ।
निर्वाचन कार्यदल संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् काँकरभिट्टा खानेपानी संस्थाका सचिव दिलीपजंग सुब्बाले गरेका थिए भने सञ्चालन भुपाल शिवाकोटीले गरेका थिए ।
खानेपानीको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते शनिबार निर्वाचन हुँदैछ । यस अघि नेपाली काँग्रेससहितका ५ दलको तर्फबाट रोहित बुढाथोकीको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलबाट उम्मेद्वार घोषणा भइसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *