२०८१ कार्तिक ६, १६:३२
#ब्रेकिङ न्युज

मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगर ५ का लावतीको मृत्यु

 मेचीनगर  झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका–५ का ३० वर्षीय सुनिल लावतीको मृत्यु भएको हो ।

घाइते लावतीलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *