२०८१ कार्तिक ६, १८:०५
#ब्रेकिङ न्युज

लोकतान्त्रिक प्यानलबाट काँकरभिट्टा खानेपानीमा पाँच दलको उम्मेदवार घोषणा

मेचीनगर। काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनका लागि पाँच दलको लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलबाट उम्मेदवार घोषणा गरिएको छ ।

आज काँकरभिट्टा स्थित मेची सामुदायिक सभाहलमा आयोजित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी(एस), राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका साझा उम्मेदवारहरुको नाम घोषणा गरिएको हो ।

नेपाली कांग्रेसबाट अध्यक्षमा रोहितकुमार बुढाथोकी, माओवादी केन्द्रबाट उपाध्यक्षमा राजकुमार दाहाल (राजु), कांग्रेसबाट सचिवमा विशाल तामाङ, एसबाट कोषाध्यक्षमा विमला देवकोटा उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।त्यस्तै सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की, केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी, राप्रपाबाट इन्द्र प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर योङहाङ उम्मेदवार बनेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा राप्रपाबाट किशोर भण्डारी, सदस्यमा एसबाट विकास राउत र कांग्रेसको भागबाट एकजना सदस्य थप्न बाँकी रहेको बताइएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, एसका झापा अध्यक्ष वेदराज रेग्मी, माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा जिल्ला सदस्य शारद पराजुली, नगर सचिव विशालकृष्ण बाँस्तोला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सुकविर लिम्बु लगायतले शुद्व र २४ सै घण्टा पानी दिने उदेश्यले पाँच वटा दलको गठबन्धनका साझा उम्मेदवार चुनावी मैदानमा उतारेको बताएका छन् ।

लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलका संयोजक एवम् कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुको अध्यक्षता, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन कांग्रेस नगर सचिव मुकेश लिम्बुले गरेका थिए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *