२०८१ कार्तिक ६, २०:५३
#ब्रेकिङ न्युज

झापामा लागुऔषध ब्राउन सुगर सहित चारजना व्यक्ति पक्राउ

दमक-झापाको दमकमा प्रतिबन्धित लागुऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् ।

हिजो राति अन्दाजी १० बजे दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले दमक २ बस्ने वर्ष ४३ का नेत्र थापा, सोही ठाउँ बस्ने वर्ष २६ का भेषबहादुर भुजेल, वर्ष १९ का किरण थापा र वडा नम्बर ५ बस्ने वर्ष २६ का प्रकाश लिम्बूले बोकेको ससानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटेको थियो ।

त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर भेटिएको उनीहरुलाई तत्काल नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा लागुऔषध ब्राउन सुगर सहित चारजना व्यक्ति पक्राउ

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *