२०८१ कार्तिक ७, ०१:०८

मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ

मेचीनगर-काँकडभिट्टाको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् ।

हिजो राति ९ बजे मेचीनगर–६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ ह ७९७ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गर्दा ५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।

अटो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ घर भई हाल इलामको माई नगरपालिका ४ दानावारिका ३१ वर्षीय उमेश शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । अटोसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *