२०८१ कार्तिक ६, २३:४६

पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ

३१ वैशाख, काठमाडौं । करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।

सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । साभार: अनलाइन खवर

पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय  पक्राउ

झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *