२०८१ कार्तिक ६, २०:३९
#ब्रेकिङ न्युज

इस्ट होराइजन धुलाबारीमा क्याम्ब्रीज कोर्षको अध्ययन सुरु

मेचीनगर। मोफसलकै उत्कृष्ट शैक्षिक थलो इस्ट होराइजन माबिमा यस वर्षदेखि युकेस्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ ।
वैदेशिक अध्ययन तथा बिश्वब्यापी अङ्ग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्य अनुरुप क्याम्ब्रीज कोर्षको अध्ययन सुरु गरेको हो ।मेचीनगरमै पहिलोपटक इष्ट होराइजन माबिले क्याम्ब्रीज कोर्षको अध्ययन गराउने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।
अहिलेको बिस्वब्यापि शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले क्याम्ब्रीज कोर्षमा विद्यार्थीलाई अध्ययन गराउने अवसर प्रदान गरेको हो । इष्ट होराइजन माबीमा क्याम्ब्रीज कोर्ष कक्षा ५, ६ र ७ मा लागू गरिएको छ ।आइतबार एक कार्यक्रम आयोजना गरेर इष्ट होराइजन माबी र क्याम्ब्रीज बिश्वविद्यालयका प्रतिनिधिबिच अध्ययन सम्झौंता गरिएको छ । सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल सन्जिव राई र क्याम्ब्रीजका प्रतिनिधि डा. रोशन राठी, प्रबिन ठाकुरबीच हस्ताक्षार गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधबप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती पोख्रेल, मेचीनगरका शिक्षा शाखा अधिकृत पबित्रा ढकाल, क्याम्ब्रीजका प्रतिनिधि डा.रोशन राठी, प्रबिन ठाकुर, तक्षशिला फाउन्डेसनका डा. भिक्टोरले सम्बोधन गरेका थिए ।कार्यक्रममा क्याम्ब्रीज कोर्षका बिषयमा अडियो र भिडियोमार्फत जानकारी गराइएको थियो ।
त्यस क्रममा प्रतिनिधिहरुले विद्यार्थीको भबिस्य र दक्षता अनुसारको अध्ययनका लागि क्याम्ब्रीज कोर्ष उपयोगी हुने बताए । सोही अवसरमा विद्यालयमा अध्ययनरत १३ वर्षमुनि उमेर समुहमा राष्ट्रिय खेलाडीमा छनोट भएका ३ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । विद्यार्थी र शिक्षिकाहरुले नेपाली संस्कार-संस्कृति झल्काउँने नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन शिक्षक संगीता थापा र बिकास ग्वालले गरेको शिक्षक महेश खड्काले जानकारी दिए ।
इस्ट होराइजन धुलाबारीमा क्याम्ब्रीज कोर्षको अध्ययन सुरु

२१ वर्ष अगाडि बेचेको ५१ बिघा जग्गा

Leave a comment

Your email address will not be published. Required fields are marked *