२०८१ कार्तिक ७, ०१:०३
#ब्रेकिङ न्युज

तिरिङबाट १० लाखको कपडा बरामद

मेचीनगर-भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ ।

झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले बिहीबार बिहान ६ बजे मेचीनगर नगरपालिका-१ स्थित भालुखोपबाट उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो ।

भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र पर्दा कपडा १ हजार ७५८ पिस र मोजा ३७८ पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

तिरिङबाट १० लाखको कपडा बरामद

बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड

Leave a comment

Your email address will not be published. Required fields are marked *