२०८१ कार्तिक ६, २३:३१

बाहुण्डाँगी जेसीजद्धारा दुई विद्यार्थीको अभिभावक ग्रहण

मेचीनगर । बाहुण्डाँगी जेसीजले मेचीनगर १ का दुई जना विद्यार्र्थीहरुको अभिभावकको भूमिका निर्वाह गर्ने भएको छ । पवित्रा मावि तिरिङमा कक्षा युकेजीका तुफान प्रधान र कक्षा ३ का साहिल प्रधानलाई एक वर्षसम्म अभिभावकको भूमिकामा रहेर पढाइदिने भएको हो ।

मातातिर्थ औँशीको अवसर पारेर बुधवार विद्यालयमा पुगेको जेसीजको टोलीले मेचीनगर ५ का सुरज देवकोटाको सहयोगमा उनीहरुलाई एक वर्षसम्मको सम्पूणर् खर्चको व्यवस्थापन गरेको हो । उनीहरुलाई स्कुलको ड्रेस, झोला, जुत्ता मोजा, कपि, पेन्सिल हस्तान्तरण गरिएको थियो । साथै अमृत लावतीले २ हजार १ सय रुपैयाँ उनीहरुका लागि खाजा खर्च समेत उपलब्ध गराउनु भएको थियो ।

बाहुण्डाँगी जेसीजका अध्यक्ष देबु बानियाँले परिवारबाट बञ्चित परिवारका लागि गरेको यो सहयोगले मातातिर्थ औँसीको सार्थकता पुरा हुने बताउनु भयो । उहाँले भन्नु भयो-आमा बुबा बिहिन बच्चाहरुका यो पर्वको अवसर पारेर आमा बनेर आएका छौँ । उनीहरुको भविष्य सधैँ उज्जवल बनोस । बुबाको निधन भएको र आमा पनि अर्कैसँग बिहे गरेर हजुरआमा पर्ने आफन्तको घरमा बस्दै आएका यी दुई दाजुभाईका अवस्थाका बारेमा शिक्षक विष्णु अधिकारीले जेसीजलाई जानकारी गराएका थिए ।

पढाईम जेहेन्दार उनीहरु आर्थिक तथा पारिवारिक समस्याकै कारण समस्यामा परेका थिए । शाखाका अध्यक्ष देबु बानियाँको अध्यक्षता तथा मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि समाजसेवी सुरज देवकोटा, अमृत लावती, शिक्षक अभिभावक संघका अध्यक्ष तिलक पुरी, विद्यालयका सदस्य रत्नकुमार कार्की, शिक्षकहरु बिष्णु अधिकारी, गोपाल खतिवडा, सृजना फुयाल, कर्मचारी विरबहादुर राईलगायतको उपस्थितिमा शैक्षिक सामाग्री तथा कपडा हस्तान्तरण गरिएको हो ।

कार्यक्रम संयोजक तथा उपाध्यक्ष पवन बराइली स्वागत तथा कोषाध्यक्ष नित्यानन्द चम्लगाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बाहुण्डाँगी जेसीजद्धारा दुई विद्यार्थीको अभिभावक ग्रहण

५ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *