२०८१ कार्तिक ७, ०१:१२
#ब्रेकिङ न्युज

रड प्रहार गरी बिर्तामोडकी विष्णुमायाको हत्या गरेकाे खुलसा

बिर्तामोड –झापाको बिर्तामोडमा वृद्धा महिलालाई रड प्रहार गरी हत्या गरिएको खुलेकाे छ । बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

‘घरभित्रै मृत फेला परेकी वृद्धा महिलाको टाउको गम्भीर चोट देखिएको छ,’ डीएसपी चन्दले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानले रड प्रहार गरी उनको हत्या भएको निष्कर्ष निकालेको छ ।’ प्रहरीले घटनास्थलबाट फलामे रड समेत फेला पारेको छ । कसले के प्रयोजनको लागि उनको हत्या गरिएको बारेमा खुलेको छैन ।

सुनसरीको धरानबाट मगाइएको कुकुरसहितको टोलीले घटनाको अनुसन्धानमा सहयोग पुर्‍याएको डीएसपी चन्दले बताए । हत्याराको खोजीमा प्रहरी लागि परेको डीएसपी चन्दकाे भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *