२०८१ कार्तिक ७, ०३:३२

अर्जुनधारामा  चट्याङ लागेर एक जनाको मृत्यु

विर्तामोड। झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

चन्दका  अनुसार मंगलबार दिउँसो ४ः५० मिनेटमा घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो ।

घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ६:२० मिनेटमा मृत्यु भएको चन्दले जानकारी दिए।

अर्जुनधारामा  चट्याङ लागेर एक जनाको मृत्यु

काफल बेचेर मनग्य आम्दानी ४२ वर्षीया गीता

Leave a comment

Your email address will not be published. Required fields are marked *