२०८१ कार्तिक ७, ०३:३३
#ब्रेकिङ न्युज

काफल बेचेर मनग्य आम्दानी ४२ वर्षीया गीता वादी

दाङ, २५ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त छन्। एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदैँ आएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्छन् । उनी भन्छन्, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्छन् ।

दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उनी बताउँछन् ।प्रति माना एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताए । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उनको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट ४० हजारबढी आम्दानी गरेको बताए ।

बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।

काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना ५० देखि एक सय सम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउँछन् । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उनी बताउँछन् ।

यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गरे । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आएकी निमा पुनले बताए । उनका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताए ।

ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् । रासस

काफल बेचेर मनग्य आम्दानी ४२ वर्षीया गीता वादी

विभिन्न समयमा फैसला भइ फरार रहेका ३५३

काफल बेचेर मनग्य आम्दानी ४२ वर्षीया गीता वादी

अर्जुनधारामा  चट्याङ लागेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *