२०८१ कार्तिक ७, ०३:३५

विभिन्न समयमा फैसला भइ फरार रहेका ३५३ जना प्रतिवादीहरु झापाबाट पक्राउ

झापा। जिल्ला अदालत झापाबाट विभिन्न मितिमा, विभिन्न कसुरमा फैसला भइ फरार रहेका ३५३ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेकोे छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म विभिन्न मितिमा, विभिन्न कसुरमा फैसला भइ फरार रहेका उक्त संख्याका प्रतिवादीहरुलाई पक्राउ गरी अदालत बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका ३५३ जना प्रतिवादीहरुबाट १४१ बर्ष ६ महिना २ दिन कैद र चार करोड ४० लाख ९२ हजार २७८ रुपैयाँ बिगो जरिवाना समेत भराउन सफल भएको जानकारी दिए ।

त्यसमध्ये २०८० फागुन ६ गतेदेखि हालसम्म ६६ वर्ष ४ महिना ३ दिन कैद र ४२ लाख ४६ हजार १९७ रुपैयाँ बिगो जरिवाना कायम भएका १८८ जना फरार प्रतिवादीहरु समेत रहेको डीएसपी चन्दले जानकारी दिए।

विभिन्न समयमा फैसला भइ फरार रहेका ३५३ जना प्रतिवादीहरु झापाबाट पक्राउ

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक

विभिन्न समयमा फैसला भइ फरार रहेका ३५३ जना प्रतिवादीहरु झापाबाट पक्राउ

काफल बेचेर मनग्य आम्दानी ४२ वर्षीया गीता

Leave a comment

Your email address will not be published. Required fields are marked *