२०८१ कार्तिक ६, १४:१३
#ब्रेकिङ न्युज #सहकारी #स्वास्थ

महालक्ष्मी कृषि सहकारीको आँखा शिविरबाट तीन सय तीन जना लाभान्वित

मेचीनगर । महालक्ष्मी कृषि सहकारीको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-५ स्थित ग्रीन भिलेज इङ्लिस स्कुलमा आयोजित आँखा शिविरमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग रहेको थियो ।
‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने नाराका साथ भएको शिविरमा ३ सय ३ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षण गर्ने क्रममा २१ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ । शिविरमा जाँच गराएका विरामीलाई अपरेशनमा ६० प्रतिशत छुटको व्यवस्था मिलाइएको जनाइएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै महालक्ष्मी कृषि सहकारी संस्थाले शिविर सञ्चालन गरेको हो ।
संस्थाकी अध्यक्ष टिका सुवेदीको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर-८ का वडा अध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता तथा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बुढाथोकी, ग्रीन भिलेज इङ्लिस स्कुलका प्रिन्सिपल रोमकुमारी कार्की, मिलनसार राई, डा. चन्द्र राजवंशी, डा. विकास शाह, डा. जया श्रेष्ठ, डा. सुदिप राई, डा. किरण थापाको आतिथ्यता रहेको थियो ।
संस्थाले वार्षिकोत्सवको अवसर पारेर पशु सम्बन्धी तालिम समेत गरेको थियो । संस्थाकी उपाध्यक्ष रत्नाकुमारी खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रेमकुमारी सुवेदीले गरेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *