२०८१ कार्तिक ६, १६:२६
#ब्रेकिङ न्युज

वाइसिएल कार्यकर्ता बोकेको बस चारपानेमा पल्टिँदा २८ जना घाइते

बिर्तामोड । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

बिर्तामोडको सिटी सेन्टरमा आज माओवादीनिकट वाइसिएलको छैठौ जिल्ला भेला आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन आउने क्रममा चारपानेमा दुर्घटना भएको थियो ।गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो । दुर्घटनामा झापा गौंरीगञ्ज गाउपालिका वडा नम्बर-४ बस्ने बर्ष २४ को चमारु मालि, सोही ठाउँ बस्ने बर्ष १९ को रवि कोच, बर्ष २२ को अजय कोच, गौरिगन्ज-२ बस्ने बर्ष २० का शंकर आस्था, २९ को प्रेमोद ताजपुरीया, गौरीगन्ज-१ बस्ने बर्ष २२ को भरत राजवंशीको शरीरको बिभिन्न ठाउँमा चोटपटक लागेको छ भने अन्य २२ जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा अहिलेसम्म २८ जना घाइतेलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको छ ।  सामान्य घाइतेको उपचारपछि फर्किएका इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।

वाइसिएल कार्यकर्ता बोकेको बस चारपानेमा पल्टिँदा २८ जना घाइते

पढ्न क्यानाडा जाँदै हुनुहुन्छ ? यी कुरा

Leave a comment

Your email address will not be published. Required fields are marked *