२०८१ कार्तिक ६, १४:३१
#खेलकुद #ब्रेकिङ न्युज

टिमाई वाटिकामा भोलिदेखि सुपर सिक्स क्रिकेट हुँदै, १६ टिमको सहभागिता रहने

धुलाबारी । ड्राइगन ११ युथ क्लबको आयोजनामा दुई दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मेचीनगर–९ स्थित टिमाई बाटिकामा भोलिदेखि दुई दिवसीय सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै नयाँ खेलाडी उत्पादन, पुराना खेलाडीहरुको क्षमता र दक्षता वृद्वि गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको ड्राइगन ११ युथ क्लबका अध्यक्ष राजु धिमालले बताए ।
प्रतियोगितामा झापाका १६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा एनएमसी काँकरभिट्टा, बिर्तामोड सुपर पन्च, ब्लाक कोब्रा, धाइजन बोइज, ड्राइगन ११, हिमालयन एकाडेमी कलेज, बिवाईसीसी बिर्तामोड, धुलाबारी टाइगर्स, चर्सी सुपर सिक्र्स दमक, सरस्वती क्रिकेट एकाडेमी, हल्दीबारी, च्यावलनी गाउँ, एचएमसी, बिर्तामोड १, भद्रपुर वारियर्स, मेचीनगर ८ को सहभागिता रहनेछ ।
टुर्नामेन्टमा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र अन्य विद्याका खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिने उनले बताए ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर–१० को हिमालय एकाडेमी तथा सहआयोजकहरुमा मेचीनगर–९ को हिमालयन अंग्रेजी मावि, होटल मेची क्राउन, इष्ट होराइजन अंग्रेजी मावि र पारीजात अंग्रेजी मावि रहने आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर–९ का वडा सदस्य राजन खड्का, हिमालय एकाडेमीका प्रिन्सिपल जगत तामाङ, हिमालयन अंग्रेजी माविका प्रिन्सिपल कमल नेपाल, टिमाई बाटिका पार्कका अध्यक्ष होमनाथ पौडेल लगायतले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।

टिमाई वाटिकामा भोलिदेखि सुपर सिक्स क्रिकेट हुँदै, १६ टिमको सहभागिता रहने

कपिलवस्तुमा श्रीमान् श्रीमती मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *