२०८१ कार्तिक ६, १८:०५
#ब्रेकिङ न्युज

सकियो बाहुनडाँगी महोत्सव, अन्तिम दिन ज्योति मगरले नचाइन् बाहुनडाँगीबासीलाई

मेचीनगर । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको बाहुनडाँगी महोत्सव आइतबार समापन भएको छ । २०८० चैत ३० देखि शुरु महोत्सव आइतबार साँझ गायिका ज्योति मगरको सांगीतिक प्रस्तुतिसँगै समापन भएको हो ।

गायिका ज्योति मगरले ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै, पिरतीमा दम छ, उही मुलाको सिन्की, जिम्मल बाउकी छोरी’ लगायतको दर्जनौ गीत प्रस्तुत गरेकी थिइन् । दैनिक स्थानीय कलाकारको समेत प्रस्तुति रहेको महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरीको स्टल समेत राखिएको थियो ।

महोत्सवमा गायक सुगम पोखरेल, प्रमोद खरेल, कमल खत्री, महेश काफ्ले, निशान भट्टराई, विजय तामाङ माइला, डम्बर नेपाली, गायिका तृष्णा गुरुङ, एलिना चौहान, अस्मिता अधिकारी, प्रिती आले, धुर्मुस–सुन्तली, इलिमेन्ट ब्याण्डलगायतले प्रस्तुति दिएका थिए । बाहुनडाँगी गोल्डकप गर्ने योजना रहेको क्लबले खेलकुदलाई प्रोत्साहनको गर्दै आएको छ ।

वि.सं. २०४० सालमा स्थापना भएको बाहुनडाँगी युवा क्लबले संस्थापक अध्यक्ष स्व. फन्दासिंह पाण्डेको स्मृतिमा फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ । ९९ सय जना सदस्य रहेको बाहुनडाँगी युवा क्लब हालै बाहुनडाँगीमा सम्पन्न कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोश्रो जेसीज फुटबल प्रतियोगितामा सहभागी भई च्याम्पियन बनेको थियो ।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्व तथा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि तामाङले बाहुनडाँगीमा खेलकुदको विकासका लागि क्लबले गरेको कार्यको प्रंशसा गरेका थिए । उनले क्लबले खेलकुदसँगै यसरीनै सामाजिक क्षेत्रमा समेत लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, बाहुनडाँगी युवा क्लबका पूर्व अध्यक्ष पोषककुमार मोते, विक्रम थापा, मेचीनगर–४ का वडा सदस्य पवन बराइली, नुरबहादुर कार्की, गीता लुङ्गेली मगर, धनमाया कोइराला, मेचीनगर–४ का निवर्तमान वडा अध्यक्ष नविन बराल, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँलगायतको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रमको अवसरमा महोत्सवलाई सफल बनाउन सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक ऐश्वर्या सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिवस पौडेलले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *