२०८१ कार्तिक ६, १६:१०
#ब्रेकिङ न्युज

केन्द्रीय अनुसन्धान ब्युरोद्वारा मेचीनगरमा पोद्दारको घरमा छापा

मेचीनगर  । अवैध अनलाइन व्यापारको नाममा ठगीमा संलग्न रहेको पाइएपछि झापाको मेचीनगर-९ स्थित शैलेन्द्र पोद्दारको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ११ जना  भारतीयलाई नियन्त्रणमा लिएको छ भने नाइकेसहित केही ब्यक्ती  फरार रहेकाले खोजी कार्य तीब्र बनाएको प्रहरीको भनाई छ ।

अनुसन्धान ब्युरो, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आइतबार बिहान छापा मारेको हो।भारतीय नागरिकहरु अवैध अनलाइन व्यापारसँगै सुन, हुण्डी र क्यासिनोको व्यापारमा पनि संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

ब्यूरो टोलीले उनिहरुले प्रयोग गर्दै आएको मोबाइल, विभिन्न बैंकको चेक, एटिएम कार्ड र कागजात बरामद गरेको छ ।पोद्दारको घरमा भएका मानिसलाई उनीहरुको मोबाइल अफ गरेर घरमै राखिएको विशेष स्रोतले जानकारी दिएको छ।

पोद्दारको परिवार भने सो घर भाडामा दिएर काठमाडौँमा बस्ने गरेको स्थानीयबासीले बताएका छन् ।मेचीनगर-८ मा संचालनमा रहेको मेची क्राउन होटलमा कार्यरत कर्मचारी हौ भन्दै भाडामा घर र कोठा लिएर बस्दै आएको स्थानीयको भनाई छ । उक्त होटलमा कार्यरत छु भन्दै मेचीनगरका धेरै ठाउँमा भारतीय युवा-युवती र मानिस भाडामा घर लिएर बस्दै आएको श्रोतको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *