२०८१ कार्तिक ६, १४:३३
#ब्रेकिङ न्युज #मनाेरन्जन

प्रमोद खरेलले नचाए बाहुनडाँगीबासीलाई, महोत्सवको अन्तिम दिन आज ज्योति मगरको प्रस्तुति रहने

मेचीनगर । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी महोत्सवमा शनिबार गायक प्रमोद खरेलले सांगीतिक प्रस्तुति दिएका छन् । गायक खरेलको गीतमा बाहुनडाँगीबासी कम्मर भाँची भाँची नाचेका थिए । महोत्सवमा दर्शकको घुइँचो समेत बढेको थियो ।
गायक प्रमोद खरेलले चर्चित गीतहरु ‘मेरो दिल छ पोखरामा, झ्यालबाट हेर त्यहीबाट आउँछु, म बाँचेकै तिमीसँग माया लाउन हो, रातो टिका निधारमा’ गाएका थिए । स्थानीय कलाकारको नृत्य प्रस्तुति रहेको महोत्सव २०८१ वैशाख १६ गते आज समापन हुँदैछ ।
समापनका दिन आज चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *