२०८१ कार्तिक ६, १४:२७

प्रतिभाले गर्दै “सुमधुर गजल साँझ”

मेचीनगर -मेचीनगर ८ मा विगत लामाे समयदेखि सामाजिक तथा जनचेतनामूलक कार्यहरूमा सकृय रहदै आएकाे प्रतिभा युवा परिवारले नयाँ वर्ष २०८१ सँगै अन्तर्राष्ट्रिय श्रमिक दिवस(१मई)काे अवसरमा यहीँ बैशाख १९ गते पुर्वका ख्यातिप्राप्त गजलकारहरूलाई सहभागी गराई “सुमधुर गजल साँझ “काे आयाेजना गर्ने भएको छ ।

साहित्य,कला र संस्कृतिकाे उत्थानमा मद्दत पुर्याउदै गजलप्रति युवा पुष्ताकाे बढ्दो रूचिलाई सम्बाेधन गर्न कार्यक्रमकाे आयाेजना गर्न लागिएको त्यस संस्थाका अध्यक्ष राजु गाैतमले जानकारी दिनुभयो । कार्यक्रम मेचीनगर ८ जाेरसिमल स्थित ग्रिन भिलेज रेष्टुरेन्ट एण्ड पाटी प्यालेसमा १९ गते बुधबार बेलुका ७ बजे आयाेजना हुँदैछ ।

उक्त कार्यक्रमकाे मेचीनगरका दुई अनलाइन मिडिया मेची प्रेस र हाम्रो खवर पार्टी डट कमले प्रत्यक्ष प्रशारण गर्ने र मेचीनगरका विभिन्न संघ,संस्था,व्यवसायी तथा व्यक्तिहरूकाे प्रत्यक्ष सहयोगमा सम्पन्न गर्न लागिएको प्रतिभा युवा परिवारका कार्यक्रम संयाेजक सञ्जय थामीले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *