२०८१ कार्तिक ६, १६:२८
#ब्रेकिङ न्युज

काँकरभिट्टाबाट लागूऔषधसहित एकजना पक्राउ

झापा, १० बैशाख । झापामा फेरि ठूलो परिमाणमा लागूऔषधसहित एक कारोबारी पक्राउ परेका छन् ।

आज साँझ ६ बजेको समयमा मेचीनगर- ६ स्थित मेची पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपालद्वारा परिचालन गरिएको तालिम प्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका- ५ बस्ने २० वर्षीय विनोद तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । हालसम्म तालिम प्राप्त कुकुरबाट ११ पटकमा १०५.०५ ग्राम ब्राउनसुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाइएको छ ।

हिजो मात्र अर्जुनधारा- ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा- ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

काँकरभिट्टाबाट लागूऔषधसहित एकजना पक्राउ

मेचीनगरमा १ सय ५० जना क्षयरोगीका विरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *