२०८१ कार्तिक ६, १४:२०
#ब्रेकिङ न्युज #स्वास्थ

मेचीनगरमा १ सय ५० जना क्षयरोगीका विरामी फेला, जनचेतना जगाउँदै मेचीनगर स्वास्थ्य शाखा

मेचीनगर । मेचीनगरमा आर्थिक वर्ष २०८०/०८१ को चैतमसान्तसम्म १ सय ५० जना क्षयरोगका विरामी फेला परेका छन् । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा सोमबार सम्पन्न वडा स्तरीय सुक्ष्म योजना तर्जुमा तथा पुनरावलोकन कार्यक्रममा सो कुरा जानकारी दिइएको छ । आर्थिक वर्ष २०७९/०८० मा भने २ सय ५ क्षयरोगी फेला परेका थिए ।
मेचीनगर–५ स्थित अँधेरी आधारभूत स्वास्थ्य शाखाको भवनमा आयोजित क्षयरोगमुक्त पालिका घोषणा अभियान कार्यक्रम अन्तर्गत सुक्ष्म योजना तर्जुमा तथा पुनरावलोकन कार्यक्रम सम्पन्न भएको हो ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छाै’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम २०८० चैत २७ गते शुरु भएको हो । सुक्ष्म योजना तर्जुमा तथा पुनरावलोकन कार्यक्रम मेचीनगर १५, ५ र १४ नम्बर वडामा सम्पन्न गरिसकेको र क्रमशः अन्य वडामा समेत गरिने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।
कार्यक्रममा मेचीनगर–५ का जनप्रतिनिधि, टोल समितिका अध्यक्ष, क्षयरोग समन्वय समिति, स्वास्थ्यकर्मी, सरोकारवालाको उपस्थिति रहेको थियो । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरभित्र क्षयरोगका विरामी फेला परे विरामीलाई उपचार गर्नुका साथै, परिवार र समाजलाई समेत स्क्रीनिङ गरिने बताइन् । उनले मेचीनगर नगरपालिका र नेपाल सरकारको साझेदारीमा क्षयरोगका विरामीलाई पोषण प्याकेजको व्यवस्था गरिँदै आएको बताइन् । उनले सबै नागरिकले नेपाल सरकारले ल्याएको स्वाथ्य कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिन आग्रह गरिन् ।
मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–५ का वडा सदस्य मनकुमार लिम्बू, पुष्पकुमार गेलाल, माया प्याकुरेल, देवीमाया विक, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन अँधेरी आधारभूत स्वास्थ्य चौकीका इञ्चार्ज धनकुमारी राईले गरेकी थिइन् ।

मेचीनगरमा १ सय ५० जना क्षयरोगीका विरामी फेला, जनचेतना जगाउँदै मेचीनगर स्वास्थ्य शाखा

कतारका राजा शेख तमिम भोलि नेपाल आउने

मेचीनगरमा १ सय ५० जना क्षयरोगीका विरामी फेला, जनचेतना जगाउँदै मेचीनगर स्वास्थ्य शाखा

काँकरभिट्टाबाट लागूऔषधसहित एकजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *