२०८१ कार्तिक ६, १८:२७

काँकरभिट्टाबाट नौ महिनामा ८ करोड रुपैयाँको जडिबुटी निर्यात

काँकरभिट्टा-चालु आर्थिक वर्षको चैत मसान्तसम्म काँकरभिट्टा नाकाबाट आठ करोड रुपैयाँभन्दा बढीको जडिबुटी निकासी भएको छ ।आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँको तीन लाख ३३ हजार ६ सय ३२ किलोग्राम जडिबुटी निकासी भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी तथा भन्सार अधिकृत गणपति कडेलका अनुसार यो अवधिमा बंगलादेशमा एक करोड ४२ लाख ५१ हजार रुपैयाँ, भारतमा छ करोड ४२ लाख ९१ हजार रुपैयाँर इटलीमा एक करोड १२ लाख २५ हजार रुपैयाँको जडिबुटी निर्यात भएको छ ।

काँकरभिट्टा नाका भएर बंगलादेश, भारत, इटली र भियतनामलगायतका मुलुकमा नेपाली जडिबुटी निर्यात हुने गरेको छ ।यो नाका भएर नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडिबुटी चिराइतो, मन्जिथा, विसजारा, जट्टामसी, चुत्थ्रो जातका नेपाली जडिबुटी सबैभन्दा बढी निकासी भइरहेको छ ।

औषधि, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई बंगलादेश जस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको व्यवसायीहरुको भनाइ छ । चिराइतो इटली निर्यात हुन्छ ।

पछिल्लो समय बंगलादेशमा नेपाली जडिबुटीको माग बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडिबुटी निर्यातमा समेत वृद्धि भएको भन्सार अधिकारीहरुको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा एक करोड १६ लाख ३८ हजार रुपैयाँको जडिबुटी बंगलादेश, दुई करोड ५७ लाख ४४ हजार रुपैयाँको जडिबुटी भारत र १२ लाख ५६ हजार रुपैयाँको जडिबुटी भियतनाम निर्यात भएको थियो ।

जडिबुटी निर्यातबापत निर्यातकर्ताले ११३ रुपैयाँ राजस्व बुझाउनुपर्छ । नेपाल सरकारले नेपाली कृषि तथा कृषिजन्य वस्तुको निर्यात प्रवर्धनका लागि व्यवसायीहरुलाई सहुलियत दिएको छ ।

काँकरभिट्टाबाट नौ महिनामा ८ करोड रुपैयाँको जडिबुटी निर्यात

कतारका राजा शेख तमिम भोलि नेपाल आउने

Leave a comment

Your email address will not be published. Required fields are marked *