२०८१ कार्तिक ६, १४:२९
#राजनीति

पूर्वी नाका र ब्यवसायीले भोगेका समस्याको बिषयमा सरकारलाई ध्यानाकर्षण गराउने :सभामुख देवराज घिमिरे

मेचीनगर ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वी नाकाको समस्याका लागि कुटनीतिक पहल गर्ने बताएका छन् । पूर्वी नाका र ब्यवसायीले भोगेका समस्याको बिषयमा सरकारलाई ध्यानाकर्षण गराउन मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेलाई यस्ताे कुरा बताएका हुन् ।

तेस्राे मुलुकका पर्यटकलाई नेपाल आउन भारतले राेकेको बताउँदै  उनले त्यसका लागि पराष्ट्रमन्त्रालय मार्फत ध्यानाकर्षण गराइने प्रतिबद्धता जनाएका थिए ।विदेशी पर्यटकलाई भारतले राेक्नु विडम्बना हो । त्यसका लागि भारतसँग कुरा गर्नेछाैँ, सभामुख घिमिरेले नाकामा वैध धन्दालाई भन्दा पनि अवैध कामलाई प्राेत्साहित गर्न नहुने बताए

कार्यक्रममा मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीले नगरका कृषि, पर्यटन, व्यापार, भारतले विदेशी पर्यटकलाई नाकामा राेक लगाएकाे र त्यसको सामाधानका लागि १० बुदे ज्ञापनपत्र सभामुख घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मेचीनगरका पूर्वमेयर विमल आचार्य, श्रीप्रसाद मैनाली, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डे, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्य, सुपारी ब्यवसायी निलकण्ठ तिवारीले पूर्वमा चाइनासँग व्यापार सहज गर्नका लागि ताप्लेजुङकाे सीमा नाका ओलाङचुङगाेला नाका खुलाउन सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै कार्यक्रममा व्यापार सहज बनाउन कलकत्तामा गरिने ल्याव टेष्ट पानीट्याङकीमा राख्न सरकारलाई सुझाव दिएका थिए ।भारतीय कस्टमले चिया निर्यातमा समस्या दिने गरेको तत्काल सामाधनको पहल गर्न अनुरोध गरेका थिए ।

पुर्बी नाकाबाट भारतलगायत तेश्रो मुलुकबाट आयात हुने सामाग्री बिरगंज र बिराटनगरबाट भित्रिदा यहाँका ब्यवसायीहरु मारमा परेको जनाउदै तत्काल सुधार गर्न आग्रह गरेका थिए ।

उपमेयर मीना पाेखरेल उप्रेतीले पूर्व नाकाको बस्तुगत अवस्था, राजश्व संकलनमा घाटा, विदेशी पर्यटक आगमनमा राेक, लकडाउनपछिको आर्थिक मन्दीको बारेमा ध्यानाकर्षण गराउँदै स्वागतसहित औँचित्यमाथि प्रकाश पारेका थिइन् । कार्यक्रमकाे सञ्चालन मेचीनगर-९ का वडाध्यक्ष कचनकुमार तामाङले गरेका थिए ।

पूर्वी नाका र ब्यवसायीले भोगेका समस्याको बिषयमा सरकारलाई ध्यानाकर्षण गराउने :सभामुख देवराज घिमिरे

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

पूर्वी नाका र ब्यवसायीले भोगेका समस्याको बिषयमा सरकारलाई ध्यानाकर्षण गराउने :सभामुख देवराज घिमिरे

बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय

Leave a comment

Your email address will not be published. Required fields are marked *