२०८१ कार्तिक ६, १६:३०
#ब्रेकिङ न्युज

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

 मेचीनगर। मेचीनगर- ६ स्थित पुरानो मेची पुल छेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टा संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको पानीट्याङ्कीबाट सिटी सफारी चढेर आइरहेको अवस्थामा ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका- ५ तापेथोकका २५ वर्षीय विशाल लिम्बुलाई  ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले शरीर चेकजाँच गर्दा झोलाको भित्रपट्टि कपडामा प्वाल बनाई  प्लास्टिकको पोका पारी ल्याएको २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । लिम्बुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *