२०८१ कार्तिक ६, २०:३३
#ब्रेकिङ न्युज

काँकरभिट्टा निवासी सामाजिक अगुवा बुद्धिनाथ पौडेलको निधन, ढल्यो एक इतिहास

झापा, २८ चैत । झापा मेचीनगर- ६ काँकरभिट्टा निवासी सामाजिक अगुवा बुद्धिनाथ पौडेलको निधन भएको छ ।

पौडेलको ७७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले बताएकाे छ ।

काँकरभिट्टा माविका संस्थापक, काँकरभिट्टा सामुदायिक सेवाका निवर्तमान अध्यक्ष, काँकरभिट्टा खानेपानी संस्थाको संस्थापक अध्यक्ष, तत्कालिन मेची बस व्यवशायी संघको पुर्व अध्यक्षलगायत दर्जनौं संघ-संस्थामा सक्रिय रहेका पौडेल काँकरभिट्टालाई आधुनिक काँकरभिट्टा बनाउने मध्येका एक अगुवा व्यक्तित्व रहेका थिए ।नेकपा एमाले मेचीनगर कमिटीकाे अहिलेकाे पार्टी कार्यालयकाे भवनकाे जग्गा उनैले दिएका हुन् ।

स्वर्गिय पौडेलको आज अपरान्ह २ बजे स्थानीय मेची नदिमा अन्त्येष्टी गरिने बताइएको छ। उनी प्रेसर र दम राेगबाट पीडित थिए ।

 

काँकरभिट्टा निवासी सामाजिक अगुवा बुद्धिनाथ पौडेलको निधन,  ढल्यो एक इतिहास

आगलागीबाट दमकमा २ करोडको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *