२०८१ कार्तिक ६, १६:३४
#ब्रेकिङ न्युज

पुर्वी नाका काँकडभिट्टाबाट छुटेका दुई भारतीय ट्रक धुलाबारी प्रहरीको नियन्त्रणमा

मेचीनगर – पुर्वी नाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुई वटा भारतीय नम्बर प्लेटका ट्रकलाई धुलाबारी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राती धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरू रहेका छन् । उनीहरूले प्रयोग गरिएका पुराना सरसामान (जिटीकुन्टा) हरू लिएर घर फर्किँदै थिए । उनीहरू सबैको घर पश्चिम हो । यात्रु शाखाबाट पुराना सरसमानको जाँचपास गराए बापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापन पत्र प्रहरीले फेला पारेको छ ।

तर, ट्रकभित्र प्रयोग भएका पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन र अन्य सामान रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतिरेको स्रोतको दाबी छ । प्रहरी टोलीले दुवै ट्रक नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

पुर्वी नाका काँकडभिट्टाबाट छुटेका दुई भारतीय ट्रक धुलाबारी प्रहरीको नियन्त्रणमा

चैत ३० देखि बाहुनडाँगी महोत्सव हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *